वसन्तकालीन तरकारी बिक्री गर्न गाउँसम्मै भ्याइनभ्याइ

वैशाख २९, २०८२

भवानी भट्ट

Vine to the village to sell spring vegetables

कञ्चनपुर — तरकारीका थैला भरिभराउ छन् । किनमेल गर्नेको पनि त्यस्तै भीड छ । महेन्द्रनगरस्थित सब्जीमण्डीमा झिसमिसेदेखि तरकारीको खरिद बिक्री सुरु हुन्छ । किसानहरु ग्रामीण भेगदेखि तरकारी बोकेर अध्याँरोमै मण्डीमा पुग्छन् । त्यसपछि सुरु हुन्छ खरिद–बिक्री । सब्जीमण्डीमा तरकारी किनबेच गर्नेको मेला नै लाग्छ । कतिपय किसान राजमार्गमै छाप्रो बनाएर पनि तरकारी बिक्री गरिरहेका छन् ।

यतिबेला वसन्ते तकारीको उत्पादनले महेन्द्रनगरको मात्रै नभइ ग्रामीण भेगमा समेत तरकारी किनमेल बढी भइरहेको छ । ग्रामीण भेगमा खरिद गरेर बजारसम्म पुर्‍याउने र त्यसपछि अन्यत्र पठाउन गरिन्छ । ‘चैतदेखि जेठसम्मै तरकारी बिक्री गर्न भ्याइ नभ्याइ हुन्छ,’ भीमदत्त नगरपालिकाका शान्ताराम चौधरीले भने, ‘माघ फागुनमा लगाएको तरकारी अहिले बिक्री गर्न तयार भएको छ ।’

Vine to the village to sell spring vegetables

उनले करिब तीन विघामा तरकारी लगाएका छन् । उनको बारीमा लौका, फर्सी, काँक्रा, करेला लगायतका तरकारी उत्पादन भएका छन् । ‘एक सिजनमा तीन/चार लाखसम्म आम्दानी हुन्छ,’ अर्का किसान नन्दलाल रानाले भने, ‘तरकारी उत्पादन गरेर घर परिवारको खर्च जुटेको छ ।’ उनले पनि लौका, काँक्रा, फर्सी र करेलालगायतका तरकारी उत्पादन गर्छन् ।

Vine to the village to sell spring vegetables

कञ्चनपुरमा अहिले बगरसँगै अन्य क्षेत्रमा पनि बसन्ते तरकारीको उत्पादन भइरहेको छ । जसले जिल्लामा तरकारी उत्पादन निकै बढेको छ । विगतको तुलनामा बगर खेती घटेको छ । स्थानीय तहले केही ठाउँमा बगर संरक्षण गरेर वृक्षारोपण गरेका कारण बगरखेती कम भएको महेन्द्रनगर सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सोनारले बताए । ‘वैशाख र जेठमा जिल्ला बाहिर पनि निर्यात भइरहेको छ,’ अध्यक्ष सोनारले भने, ‘अहिले दैनिक दुई/तीन ट्रक तरकारी जिल्ला बाहिर निर्यात भइरहेको छ ।’ उनका अनुसार धनगढी, नेपालगञ्ज र सुदूरपश्चिमका पहाडी जिल्लातर्फ तरकारी निर्यात हुने गरेको छ ।

Vine to the village to sell spring vegetables

उत्पादन भढी भएपछि अहिले तरकारीको मूल्य पनि घटेको छ । फर्सी, लौका र काँक्रा प्रति किलो २० देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ । तिते करेला किलोको ५०/६० मा र बोडी ७०/८० मा बिक्री भइरहेको छ । ‘बगरखेतीले जिल्लामा तरकारी उत्पादन बढाएको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतिले भने, ‘वसन्ते तरकारी जिल्ला बाहिर पनि निर्यात भइरहेको छ ।’ बगर खेतीका लागि कृषि ज्ञान केन्द्रले पनि कृषकलाई अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको छ ।

Vine to the village to sell spring vegetables

Vine to the village to sell spring vegetables

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully