कैलाली — कैलालीका विभिन्न स्थानहरूबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याइएका करिब १ लाख ३० हजार ७५० रुपैयाँ बराबरका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–३ मिलनचोक, भजनी नगरपालिका–५ मिलनपुर र अत्तरिया उपमहानगरपालिका–९ पहलवान क्षेत्रबाट उक्त सामानहरू बेबारिसे अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामानमा चिनी, बिडी, सुर्ती, खानेतेल, चियापत्ती, चकलेट, मोटरसाइकलको मोटीगाड, कपडा, किराना लगायतका सामग्रीहरू रहेका छन्। सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीको भनाइ छ।
