धनगढीमा प्रहरी नियन्त्रणमा रहेकी महिला हतकडीसहित फरार

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

A woman who was under police custody in Dhangadhi absconded with handcuffs

धनगढी — कैलालीको धनगढीमा प्रहरीको नियन्त्रणमा रहेकी एक महिला आइतबार हतकडीसहित फरार भएकी छन् । ५० वर्षीया मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् । उनलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याइएको थियो ।

ईलाका प्रहरी कार्यालय टीकापुरका डीएपी नविनराजा बुढाथोकीका अनुसार फेरि म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याइएकी मिना फरार भएकी हुन् । उनको खोजी भइरहेको प्रहरीले डीएसपी बुढाथोकीले बताए । 

आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट मानव बेचबिखन मुद्दामा वैशाख ४ गते पक्राउ परेकी मिनामाथि अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो । 

कान्तिपुर

Link copied successfully