आगलागीबाट गाउँपालिकाको स्वास्थ्य शाखामा क्षति

वैशाख १३, २०८२

तर्कराज भट्ट

Damage to the health department of the village due to fire

डडेलधुरा — डडेलधुराको नवदुर्गा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी हुँदा ठूलो क्षति पुगेको छ । स्थानीय दुर्गा भवानी सामुदायिक वन क्षेत्रबाट फैलिएको आगोले शनिबार दिउँसो साढे ३ बजेतिर स्वास्थ्य शाखामा क्षति पुर्‍याएको डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।

उनका अनुसार, डढेलोको आगो हावाको कारण स्वास्थ्य शाखासम्म पुगेको हो । 

आगलागीका कारण स्वास्थ्य शाखाको संरचना तथा भित्र रहेका सामग्रीहरूमा क्षति पुगेको जनाइएको छ । यद्यपि, क्षतिको विस्तृत विवरण अहिलेसम्म प्राप्त नभएको प्रहरी निरीक्षक विष्टले बताए । स्थानीय बासिन्दा, प्रहरी तथा पालिकाको सहयोगमा आगो लिभाइएको छ । गाउँपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा चुनौती भएको थियो ।

डढेलोको कारण आसपासका अन्य क्षेत्रहरू पनि जोखिममा छन् । स्थानीय प्रशासनले आगलागीको जोखिम न्यूनिकरण तथा सम्भावित थप क्षति रोक्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

तर्कराज भट्ट

Link copied successfully