कञ्चनपुरको बेलौरीमा पुरुष मृत फेला

वैशाख ९, २०८२

भवानी भट्ट

Man found dead in Belauri, Kanchanpur

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा एक जना मृत फेला परेका छन् । मंगलबार बिहान बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन राना मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार बिहान ४ बजेतिर घरबाट हिँडेका रानाको शिवनगरमा सडक छेउमै तोरीको भुसामा जलिरहेको अवस्थामा शव भेटिएको हो । उनले चलाएको मोटरसाइकल पनि बाटो छेउमै जलेको अवस्थामा भेटिएको उनले बताए । 

‘अहिले नै केही भन्न सकिने अवस्था छैन,’ एसपी जोशीले भने, ‘मोटरसाइकल सडक छेउमै छ, शव केही पर देखिएको छ, हामी अनुसन्धानमै छौं ।’

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully