कैलालीका दुई स्थानमा आगलागी, लाखौंको क्षति

वैशाख ६, २०८२

रञ्जना बिसी

Fire in two places in Kailali, loss of lakhs

कैलाली — कैलाली जिल्लाका दुई स्थानमा भएको आगलागी घटनामा लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्लाको लम्कीचुहा नागरपालिका–२ बग्निया बस्ने हंस विकको गोठमा आगलागी भएको छ । गोठभित्र रहेका दुई ओटा बाख्रासहित गोठ पूरै जलेर नष्ट भइ २ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी बाट एउटा भैंसी समेत जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाका अर्जुन चौधरीको गोठमा पनि आगलागी भएको छ । आगलागीमा ९६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगोले गोठभित्र रहेका बाख्रासहित विभिन्न सामग्री जलेर नष्ट भएका छन् । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

रञ्जना

Link copied successfully