कैलालीमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

वैशाख ४, २०८२

रञ्जना बिसी

In Kailali, goods brought in by evading customs are under control

कैलाली — कैलाली जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छलेर ल्याइएका सामग्रीहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–१ चित्रनगर, ९ त्रिवेणीघाट र १८ एफ गाउँ क्षेत्रमा गस्तीका क्रममा अवैध रूपमा ल्याइएका सामग्रीहरू फेला पारेको हो।

प्रहरीका अनुसार करिब १ लाख ५२ हजार ७८० रुपैयाँ बराबरका प्याज, सुर्ती, अमृत खट्टा, छिद्र माछा, लेडिज सुटलगायतका सामानहरू बेवारिसे अवस्थामा फेला परेका हुन्।

सबै सामग्रीहरू नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सीमा क्षेत्रमा भन्सार छलिगरी हुने गैरकानुनी कारोबार रोक्न नियमित निगरानी र गस्तीलाई तीव्र बनाएको बताएको छ।

रञ्जना

Link copied successfully