चट्याङमा परी मृत्यु भएकाको परिवारलाई सायल गाउँपालिकाले ५० हजार रुपैयाँ राहत दिने घाेषणा

चैत्र २९, २०८१

मोहन शाही

Sayal rural municipality announced to give Rs 50,000 relief to the family of those who died due to lightning

डाेटी — चट्याङ लागेर मृत्यु भएकाकाे परिवारलाई सायल गाउँपालिकाले राहत स्वरूप ५० हजार रूपैयाँ दिने घाेषणा गरेकाे छ ।

सायल गाउँपालिका वडा नं. ६ दल्लेखकी ३३ वर्षीया कमला नागरीकाे बुधबार राति चट्याङ लागेर मृत्यु भएकाे थियाे भने उक्त घटनामा उनका छोराछोरीसहित ७ जना घाइते भएका थिए ।

गाउँपालिका अध्यक्ष धर्म जाेशीले यथाशीघ्र कार्यपालिकाबाट निर्णय गराइ राहत रकम उपलब्ध गराइने बताए । आमा कमलाकाे मृत्यु भएपछि ३ महिने शिशु सहित ५ बालबालिका अलपत्र परेका छन् ।

उनीहरू समेत चट्याङ लागेर सामान्य घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरूकाे जिल्ला अस्पताल डाेटीमा उपचार भइरहेकाे छ ।

३ महिने शिशु शंकर नागरी आमाकाे दूध चुस्न नपाउँदा अस्पतालमा चिच्याइरहेका छन् । अस्पतालकी जनरल वार्डकी स्वास्थ्यकर्मी विपना जाेशीले शिशुलाई ल्याक्टाेजिन अस्पतालले खुवाइरहेकाे बताइन् ।

मृतक कमलाका श्रीमान् लहरी राेजगारका लागि भारतमा छन् ।  

मोहन

Link copied successfully