सेती नदीमा डुबेर एक जना बेपत्ता

चैत्र २९, २०८१

मोहन पनेरु

One person is missing after drowning in the Seti river

डोटी — बिहीबार साँझ सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका–४ बनौली बस्ने वर्ष १९ का नरेश महरा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । 

मोहन

Link copied successfully