डाेटीमा चट्याङ लागेर आमाकाे मृत्यु, ४ छोराछोरी घाइते

बुधबार राति चट्याङ लागेर सायल गाउँपालिका–६ मा ७ जना घाइते

चैत्र २८, २०८१

मोहन पनेरु

Mother dies, 4 children injured due to lightning strike

डाेटी — सायल गाउँपालिका वडा–६ मा चट्याङ लागेर आमाको मृत्यु भएको छ भने उनका ४ जना छोराछोरी घाइते भएका छन् ।

बुधबार राति सायल गाउँपालिका वडा–६ बस्ने ३३ वर्षीय कमला नागरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । घाइते हुनेमा नागरीकै १० वर्षीया छोरी तारा नागरी, उनकै छोराहरु ८ वर्षीय अभिषेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिने शंकर नागरी रहेका छन् ।

त्यहीँ ठाउँकी ४० वर्षीय तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय खुशी नागरी पनि चट्याङमा परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा डोटीमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

मोहन

Link copied successfully