एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा खड्का सर्वसम्मत

चैत्र २१, २०८१

अर्जुन शाह

Khadka Unanimous in Far West President of United Samajwadi Party

धनगढी — नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन् । खड्का प्रदेश सरकारका पूर्व मन्त्रीसमेत हुन् ।

तीन दिनसम्म चलेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा रस्साकस्सीपछि खड्काको नेतृत्वमा सर्वसम्मत प्रदेश कमिटी चयन गरेको हो । यसअघि हर्कबहादुर सिंह प्रदेश अध्यक्ष थिए । 

नवनिर्वाचित कमिटिमा धनबहादुर बोहरा र शिवबहादुर कुँवर उपाध्यक्ष, सचिवमा सुरेन्द्रमान कार्की, उपसचिवमा गणेश साउँद, राधिका अवस्थी र गोरख सार्की निर्वाचित भएका छन् । 

नवनिर्वाचित कमिटीको पहिलो बैठकले १८ सदस्यीय सचिवालयसमेत गठन गरेको अध्यक्ष खड्काले बताएका छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully