सञ्चारकर्मीमाथिको आक्रमणबारे प्रधानमन्त्रीलाई ज्ञापन

चैत्र १८, २०८१

रञ्जना बिसी

Memorandum to the Prime Minister on attacks on journalists

कैलाली — नेपाल पत्रकार महासंघ कैलाली शाखाले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणको बारे प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ ।

घटनामा संलग्न दोषीहरूमाथि फौजदारी अभियोग लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।

राजावादीको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको, अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी तथा तोडफोड गरिएको, कान्तिपुर टेलिभिजन र हिमालयन टेलिभिजनमा क्षति पुर्‍याइनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी उनको खुट्टा भाँचिएको लगायत घटनाहरू भएका थिए । महासंघले यस्तो घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।

महासंघले एक साताभित्र माग पूरा नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी  दिएको छ । साथै मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारहरूको उपचार, सञ्चारगृहमा भएको क्षतिको भरपाइ तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।

रञ्जना

Link copied successfully