दार्चुलामा चरेससहित एक जना पक्राउ

चैत्र ६, २०८१

मनोज बडू

One arrested with hashish in Darchula

दार्चुला — दार्चुला प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको महाकाली नगरपालिका–१ छापरीबाट प्रहरीले स्थानीय ४६ वर्षीया जानकी कार्कीलाई चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी टोलीले छापरीबाट कार्कीलाई एक सय ३६ ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको जिप्रका दार्चुलाका सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिए । 

सूचना अधिकारी जोशीका अनुसार छापरीमा कार्कीले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्लाभित्र चरेस फेला परेको हो ।

कार्कीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully