दार्चुलामा बाख्रा चराउन गएका वृद्धको भीरबाट लडेर मृत्यु

चैत्र ५, २०८१

मनोज बडू

An old man who went to graze goats in Darchula died after falling from a deer

दार्चुला — जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय भैंसेमेलामा बाख्रा चराउन गएका स्थानीय ६४ वर्षीय नरबहादुर ठगुन्नाको सोमबार साझतिर भीरबाट लडेर मुत्यु भएको हो ।

स्थानीय सरिता ठगुन्नाका अनुसार गाउँ नजिकको भैंसेमेला वनमा बाख्रा चराउन गएका ठगुन्नाको लडेर घटनास्थलमै ज्यान गएको हो । बाख्रा चराउन गएका ठगुन्ना अबेर रातिसम्म घर नर्फिएपछि स्थानीयहरुले खोजी गर्दा मंगलबार बिहान मृत्त अवस्थामा फेला परेको उनले बताइन् । 

मृत्तक ठगुन्नाको घरमा उनकी पत्नि, तीन छोरा लगायत रहेको पारिवारिक स्रोतले जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully