राना थारू समुदायमा होरीको रौनक

फाल्गुन २८, २०८१

अर्जुन शाह

Raunak of Hori in the Rana Tharu community

धनगढी — सुदूरपश्चिममा तराईका जिल्ला कैलाली र कञ्चनपुरका राना थारू समुदायमा बुधबारदेखि होरी पर्वको रौनक सुरु भएको छ । राना थारू समुदायमा यतिबेला जिन्दा होरीमा चलिरहेको छ ।

जिन्दा होरीमा उनीहरूले रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ । यस समुदायले एक महिना आठ दिनसम्म होली पर्व मनाउने गर्दछन् ।

Raunak of Hori in the Rana Tharu communityमाघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर रमाउने चलन रहेको राना थारू समुदायका बासिन्दा बताउँछन् । 

होरी पर्वको होलिका दहन नगरुन्जेलसम्म राना थारू समुदायका बूढापाका, युवकयुवती मिलेर राति जिन्दा होरी नाच नाच्ने र रमाउने चलन रहेको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully