पहिरोमा पुरिएर भारतमा नेपाली मजदुरको मृत्यु, ५ घाइते

फाल्गुन १७, २०८१

मनोज बडू

Nepalese laborer killed in landslide, 5 injured in India

दार्चुला — भारत उत्तराखण्ड पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत नजाङमा पहिरोले पुरिएर एक नेपाली मजदुरको मुत्यु भएको छ । पहिरोमा तीन नेपाली मजदुरसहित दुई भारतीय नागरिक घाइते भएका छन् । 

शनिबार दिउँसो पहिरोमा पुरिएर नौगाड गाउँपालिका–६ धुलिगडाका सन्तोषसिंह ठगुन्नाको मृत्यु भएको हो । घाइते हुनेमा दार्चुलाको नौगाड–६ का गणेश सिंह ठगुन्ना, वीरेन्द्रसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् । 

उनीहरु सारथी कम्पनीमार्फत सडक निर्माणको काम गर्ने मजदुर हुन् । पसलमा बसिरहेको अवस्थामा माथिबाट पहिरो झरेको थियो । पहिरोमा फसेका उनीहरुलाई सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्‍याएको धारचुला थाना प्रभारी वीजेन्द्र शाहले जानकारी दिए ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully