ठण्याकाठामा पहिरो : खंलगा-गोकुलेश्वर सडक खण्ड अवरुद्ध

फाल्गुन १६, २०८१

मनोज बडू

Landslide in Thanyakatha: Khanalga-Gokuleswar road section blocked

दार्चुला — महाकाली नगरपालिका-५ किम्तडीस्थित ठण्याकाठा भिरमा लेदोसहितको पहिरो खस्दा दार्चुला-गोकुलेश्कर सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबार बिहान लेदोसहित पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत खंलगा-गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार केही समय पहिले मात्रै मर्मतसम्भार सम्पन्न गरिएको किम्तडी ठण्याकाठाभिरमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएपछि सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्र रावलले बताए । 

सडक अवरुद्ध हुँदा तराईबाट जिल्ला सदरमुकामको लागि छुटेका तथा  जिल्लाबाट बाहिरिने सवारी र  यात्रु बाटोमै अलपत्र परेका स्थानीय कृष्णानन्द बडूले बताए । बिहीबार दिउँसोदेखिको लगातारको पानी नरोकिए पनि पहिरो पन्छाउने तयारी भइरहेको प्रहरी निरीक्षक रावतको भनाइ छ ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully