बाघको आक्रमणबाट एक जना घाइते

फाल्गुन १२, २०८१

मनोज बडू

One injured in tiger attack

दार्चुला — बैतडीको मेलौली नगरपालिका–३ मा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । मेलौलीको कोला खोलामा सोमबार बिहान बाख्रा चराउन गएका ३८ वर्षीय गणेशसिंह भाटलाई बाघले आक्रमण गरेको हो ।

मेलौली–३ का वडाध्यक्ष गगनसिंह भाटका अनुसार सोमबार बिहान करिब १०ः३० बजे कोला खोला जंगल क्षेत्रमा बाघले आक्रमण गरेको हो । उनका अनुसार गणेशसिंह आफूसँग रहेको हँसिया प्रयोग गरी बाघलाई हानेर भागेका थिए ।

घाइते गणेशसिंहलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।

बाघको आक्रमणपछि उक्त क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully