खाना पकाउने क्रममा आगलागी, दुईतले घर जलेर ध्वस्त

माघ २७, २०८१

मोहन शाही

A fire broke out while cooking, a two-storied house was gutted

डोटी — जिल्लाको के.आई. सिंह गाउँपालिका–३, झिगा बस्तीमा आइतबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। बिहान ९:३० बजे खाना पकाउने क्रममा अचानक आगो लाग्दा स्थानीय बाजी भुलको दुई तले ढुङ्गा–माटोको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीका कारण घरभित्र रहेका १० बोरा धान, लत्ताकपडा, काठ, भाँडावर्तन, फर्निचर लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट मानवीय तथा चौपायामा कुनै क्षति नभए पनि करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रहरी निरीक्षक कुलवीर बोहराको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको छ । हाल पीडित बाजी भुलको परिवार छिमेकीको घरमा बसेको छ । 

घटनास्थल प्रहरी चौकी वायलबाट करिब ९ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीय प्रशासनले पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ ।

मोहन शाही

Link copied successfully