विद्यालयबाट फर्किरहेकी किशोरी बलात्कृत

माघ २७, २०८१

अर्जुन शाह

Raped girl returning from school

धनगढी — धनगढीको एक विद्यालयमा आधारभूत तहमा अध्ययनरत बाजुराकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार किशोरीलाई त्रास देखाएर एक १८ वर्षीय युवकले बिहीबार बलात्कार गरेका हुन् ।

साँझ विद्यालयबाट फर्कने क्रममा ती किशोरीमाथी युवकले चक्कु देखाएर तर्साउँदै आफ्नो घरमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘तीन दिनअघि बिहीबार साँझको घटना हो । यसबारे थप अनुसन्धान भइरहेको छ,’ कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले भने,  ‘आरोपित युवक फरार छन् । उनको खोजी गरिरहेका छौं ।’

प्रवक्ता बोहराले युवकविरुद्ध किशोरी आफैंले शनिबार किटानी जाहेरी दिएपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully