सुदूरपश्चिममा एमालेका पाँच नेता निष्कासित

भीम रावलको अभियानमा लागेको आरोपमा प्रदेश सल्लाहकार परिषद् सदस्य हर्क कुँवर र लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंग बहादुर विक, दुधकला बिष्ट र केशर मियाँ एमालेबाट निष्कासित

माघ २१, २०८१

अर्जुन शाह

Five UML leaders expelled in Far West

धनगढी — भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा संलग्न भएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश समिटी सदस्य र सल्लाहकार परिषद्‌मा रहेका पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

प्रदेश सल्लाहकार परिषद् सदस्य हर्क कुँवर र लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंग बहादुर विक, दुधकला बिष्ट र केशर मियाँ रहेका छन् । उनीहरु पाँचै जना अछामका हुन् । 

उनीहरुले विधान विपरीतका कार्यमा संलग्न भएको भन्दै सचिवालय बैठकद्वारा कारबाही गरिएको एमाले प्रदेश सचिव रणबहादुर रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully