कांग्रेसका नगर सभापति मृत भेटिए

माघ १९, २०८१

भवानी भट्ट

The city president of Congress was found dead

कञ्चनपुर — नेपाली कांगेसका नगर सभापति मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी शनिबार बिहान मृत भेटिएका हुन् । 

कलौनी भीमदत्त नगरपालिकाको-१८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । ‘शरीरमा घाउ चोट केही पनि छैन,’ उनले भने, 'अनुसन्धान सुरु गरेका छौं ।' 

कलौनीको घर पनि सोही क्षेत्रमा हो । उनको घर घटनास्थलबाट ५ सय मिटरको दुरीमा छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully