दार्चुलामा सुत्केरी व्यथा लागेकी महिलाको मृत्यु

माघ ३, २०८१

मनोज बडू

Death of a woman in labor in Darchula

दार्चुला — अपीहिमाल गाउँपालिका–१ स्थित सिति स्वास्थ्य केन्द्रमा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । सोही वडास्थित आरुखोर टोलकी २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य केन्द्र सिती पुर्‍याइएकी जागरीको स्वास्थ संस्थामै मृत्यु भएको स्थानीय शोवनसिह लोथ्यालले बताए ।

लोथ्यालका अनुसार आमा र बच्चाको अवस्था राम्रै रहेको स्वास्थ्यकर्मीले बताइरहँदा एक्कासी बेहोस् भएर उनको ज्यान गएको हो । जागरीका यसअघि एक छोरी छन् ।

अपिहिमाल गाउँपालिका केन्द्र जोड्ने सडक छैन । गाउँबाट सडकसम्म पुग्न/पुर्‍याउनै  चार घण्टा बढी समय लाग्छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully