अस्पताल लैजाने क्रममा बाटोमै महिला र शिशुको मृत्यु

पुस २२, २०८१

वसन्तप्रताप सिंह

A woman and a child died on the way to the hospital

बझाङ — बझाङमा एक महिला र शिशुको बीच बाटोमै मृत्यु भएको छ । अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहरा र नवजात शिशुको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

गर्भावस्थामा रहेकी सवितालाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो ।

बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिएका छन्। घटनाको जानकारी पाउनेबित्तिकै गाउँपालिकाबाट एम्बुलेन्स पठाइएको भए पनि आमा र बच्चालाई बचाउन नसकिएको उनले बताए ।

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully