बैतडीमा २४ वर्षीय महिला बलात्कृत, छ महिनापछि प्रहरीमा जाहेरी दर्ता

पुस १८, २०८१

मनोज बडू

A 24-year-old woman was raped in Baitadi, after six months a complaint was registered with the police

दार्चुला — बैतडीमा २४ वर्षीया महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता गराएकी छन् । प्रहरीका अनुसार सिगास गाउँपालिकाकी ती महिलालाई गत असार १७ गते राति २६ वर्षीय अर्जनसिंह धामीले जबरजस्ती करणी गरेका थिए ।

महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । उनलाई हाल पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ ।

जाहेरी दर्तापछि घटनामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनका अनुसार आरोपित धामी भने फरार रहेका छन् । प्रहरीका अनुसार बलात्कारपछि महिलाको ६ महिनाको गर्भ रहेको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully