बझाङमा जिपको ठक्करबाट बालिका घाइते

पुस १७, २०८१

वसन्तप्रताप सिंह

Girl injured in jeep collision in Bajhang

बझाङ — जिपले ठक्कर दिँदा बझाङमा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा जयपृथ्वी नगरपालिका-१०, खेइराकी १२ वर्षीया नविना कुँवर रहेको प्रहरीले जनाएको छ ।

विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई दिउँसो २ बजेतिर सुप्रप–२ —०२००१ च ०४६२ नम्बरको जिपले बसपार्कनजिकै ठक्कर दिएको थियो । घाइते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

बालिकालाई ठक्कर दिने जिपका चालक थलारा गाउँपालिकाका ३२ वर्षीय कमल थापा घटनापछि फरार छन् । जिप भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक जयबहादुर डाँगीको नेतृत्वको टोलीले फरार चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully