फर्निचरमा काम गर्ने मजदुरको मृत्यु

पुस १४, २०८१

मनोज बडू

Death of a furniture worker

दार्चुला — बैतडी पाटनस्थित फर्निचरमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ । शनिबार राति काठको कोइला बालेर कोठामा सुतेका कैलाली जिल्ला कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारु राति कोइला बालेर कोठामा सुतेका थिए । थारु बिहानसम्म नउठेपछि उनलाई अचेत अवस्थामा फेला पारिएको थियो ।

उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थारुलाई चिकित्सकले मृत्त घोषणा गरेको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले बताए । निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको रहेको छ ।

मृतकका आफन्त कैलालीबाट आउन लागेकाले अहिले थारुको शव स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । आफन्त आएपछि मात्रै पोस्टमार्टम कार्य अघि बढ्ने प्रहरीको भनाइ छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully