प्रहरी जवानले चलाए आफैँमाथि गोली

पुस १३, २०८१

भवानी भट्ट

The policeman shot himself

कञ्चनपुर — जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैँमाथि गोली चलाएका छन् । शुक्रबार साँझ प्रहरी जवान चक्रराज न्यौपानेले आफैँमाथि गोली चलाएर गम्भीर घाइते भएका हुन् ।

३१ वर्षीय न्यौपाने हातहतियारको व्यवस्थापन गर्ने प्रबन्ध शाखाको जिम्मेवारीमा थिए । उक्त कोठामा उनी एक्दै बस्थे । शुक्रबार घाडीघाँच क्षेत्रमा फायरिङ समेत गरिएको थियो ।

'उनी एक्लै उक्त शाखामा बस्थे, साँझ अचानक गोली हाने,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीले भने, ‘घरायसी तनाव छ भन्थे, त्यसकै कारण हो वा अनय केही हो अहिले बुझ्न सकिएन ।’

निधारमा गोली लागेर घाइते भएका न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले स्वस्थ्यमा सुधार भइरहेको डीएसपी जोशीले बताए । उनी ९ वर्षदेखि प्रहरीमा कार्यरत छन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully