कर्णाली नदीको सीमांकन तथा व्यवस्थापन गर्न संयुक्त कार्यदल गठन 

पुस ४, २०८१

अर्जुन शाह

Formation of a joint task force to demarcate and manage the Karnali River

धनगढी — सुदूरपश्चिम र कर्णाली प्रदेशको साझा नदीका रुपमा रहेको कर्णाली नदीको सीमांकन, नदीजन्य श्रोतको उपयोग, संरक्षण तथा व्यवस्थापन गर्न दुवै प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठकले संयुक्त कार्यदल गठन गरेको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनीका  मुख्यमन्त्री चेतनारायण आचार्यसहित दुबै प्रदेशका मन्त्री लगायत उच्चपदस्थ कर्मचारीहरुको बैठकले समस्याहरु समाधान गर्न बुधबार संयुक्त कार्यदल गठन गरेका हुन् । 

कर्णाली नदीको तटीय क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका-१ ओखरियामा बुधबार सम्पन्न बैठकले लुम्बिनी प्रदेशका सचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको सुदूरपश्चिमका प्रमुख सचिव कमल प्रसाद पोख्रेलले बताए ।

‘कर्णाली नदी दुबै प्रदेशको साझा नदी हो । सीमांकन समस्या, बहाव व्यवस्थापन, तटबन्धको समस्या, नदीजन्य स्रोतको उपयोग तथा व्यवस्थापनलगायतका समस्याको पहिचान तथा समाधानका उपाय पहिल्याउन कर्णाली प्रदेशका सचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ,’ सुदूरपश्चिमका प्रमुख सचिव पोख्रेलले भने, ‘कार्यदललाई प्रतिवेदन बुझाउन ३५ दिनको समयावधि तोकिएको छ ।’

समितिमा सम्बन्धित स्थानीय तहका प्रतिनिधि लगायत पनि सम्मिलित रहने उनले बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully