कैलालीको त्रिनगर सीमा नाका मंगलबार दिनभर बन्द

पुस २, २०८१

अर्जुन शाह

Trinagar border crossing of Kailali closed all day on Tuesday

धनगढी — नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा रहेको कैलालीको त्रिनगर मंगलबार दिनभर बन्द गरिएको छ । कैलालीसँग सीमा जोडिएको भारतको लखिमपुर खिरीस्थित पलियामा मंगलबार उपनिर्वाचन भइरहेको छ ।

सोही उपनिर्वाचनका कारण त्रिनगर सीमा नाका बन्द गरिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । 

त्रिनगर सीमा नाका मंगलबार बिहान ६ बजेदेखि बन्द गरिएको छ । साँझ ६ बजे खुल्ने प्रशासनले जनाएको छ । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully