धनगढीका मेयर हमालको दिल्लीमा उपचार हुँदै 

मंसिर २३, २०८१

अर्जुन शाह

Dhangadi Mayor Hamal is undergoing treatment in Delhi

धनगढी — धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको भारतको दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । हमालको स्वास्थ्य अवस्था स्थिर रहेको र उनलाई सघन उपचार कक्षमा राखिएको परिवारले जनाएको छ । 

अहिले उनको आवश्यक प्रयोगशाला जाँचहरू भइरहेको हमालको हेरचाहमा रहेका भाइ श्याम हमालले बताए । ‘डाक्टरहरूले कस्तो अवस्था हो र, शल्यक्रिया या अरु के गर्ने भन्ने कुरा प्रयोगशालाका रिपोर्टहरू आएपछि भोलिसम्ममा थाहा हुने जानकारी गराएका छन्,’ श्याम हमालले भने ‘केही समयअघि हामीलाई भेट्न दिइएको थियो, हल्का बोल्न सकेको अवस्था छ ।’

शुक्रबार धनगढीस्थित मायामे ट्रो अस्पतालमा भर्नापछि हमालको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि शनिबार दिल्ली लगिएको थियो । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully