गाडी दुर्घटना हुँदा ८ जना घाइते

मंसिर १८, २०८१

भवानी भट्ट

8 people were injured in the car accident

कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरियामा इलेक्ट्रिक हाईस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ४ जनाको गुलरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र चार जनालाई थप उपचारका लागि कैलालीको धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । 

महेन्द्रनगरबाट धनगढीतर्फ तीव्र गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ००२ ख १४२५ नम्बरको हाईस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully