नाउपा विवाद : राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउने पत्र प्रदेशसभा सचिवालयमा दर्ता

चैत्र २१, २०८०

अर्जुन शाह

Naupa controversy: The letter to remove State Minister Giri from the post of MP was registered in the State Assembly Secretariat

धनगढी — नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन सिफारिस गरिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ । 

टीकापुर नगरपालिकाका नगर प्रमुख समेत रहेका अध्यक्ष रंजिता पक्षधर केन्द्रिय सदस्य रामलाल डगौरा थारुले पत्र दर्ता गराएका हुन् । थारुले सुरक्षाकर्मीले धनगढी विमास्थलदेधि प्रदेश सभा सचिवालयसम्म स्कर्टिग गरेर ल्याएको थियो । थारुले गिरिलाई निस्कासन गरेर अर्को सदस्य सिफारिसको तयारी भएको बताए ।

पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । गिरी नाउपाकी समानुपातिक सांसद हुन् । सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

नाउपा रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवादका कारण फुटको संघारमा छ । यही विवादको एक अ‌ंशको रुपमा गिरीलाई सांसद पदबाटै हटाउन पत्र दर्ता गराएको हो ।Naupa controversy: The letter to remove State Minister Giri from the post of MP was registered in the State Assembly Secretariat

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully