अधिकतम १ लाख २० हजार बोली लागेपछि राजेन्द्र अन्नपूर्ण स्पाइक, सरोज खप्तड फाल्कन्स, नृपध्वज कर्णाली शिवराजले र सुवासलाई सगरमाथा स्माससले लक्की ड्रबाट पाएका हुन् ।
काठमाडौं — नेपाल भलिबल लिग (एनभीएल)को अक्सनमा राजेन्द्र धामी, सरोज बर्देवा, नृपध्वज बस्नेत र सुवास कुँवरले पूरा भाउ पाएका छन् । अधिकतम १ लाख २० हजार बोली लागेपछि राजेन्द्र अन्नपूर्ण स्पाइक, सरोज खप्तड फाल्कन्स, नृपध्वज कर्णाली शिवराजले र सुवासलाई सगरमाथा स्माससले लक्की ड्रबाट पाएका हुन् । त्यस्तै राजन थापालाई मधेश वारियर्सले १ लाखमा लिएको छ ।
एनभीएलको अक्सन आइतबार रोयल टुलिप होटल ललितपुरमा सुरु भएको हो । १२ देखि २१ भदौसम्म हुने नेपाल भलिबल लिगका लागि ५४ खेलाडीको नाम अक्सनमा छ । त्यसमा सहभागी फ्रेन्चाइज टोलीले 'ए' श्रेणीबाट ४–४ र 'बी' श्रेणीबाट ३–३ खेलाडी लिनुपर्ने हुन्छ ।
