नन्दन यादवले क्रिकेट विश्वकप लिग २ का बाँकी खेल नखेल्ने

ह्यामस्ट्रिङ तन्किएका कारण उनी खेल्न नसक्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार जनाएको छ ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

Nandan Yadav will not play the remaining matches of the Cricket World Cup League 2

काठमाडौँ — तीव्र बलर नन्दन यादवले नेदरल्यान्ड्समा भइरहेको क्रिकेट विश्वकप लिग २ को बाँकी खेल गुमाउने भएका छन् । ह्यामस्ट्रिङ तन्किएका कारण उनी खेल्न नसक्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार जनाएको छ । 

मंगलबार नामिबियासँगको पहिलो खेलमा उनी असहज महसुस गर्दै मैदान छाडेको भिडियो प्रत्यक्ष प्रसारणमा देखाइएको थियो । त्यसपछि उनले बिहीबार नेदरल्यान्ड्ससँगको दोस्रो खेल खेलेका थिएनन् । नेपाली टोलीमा १६ औं खेलाडीका रूपमा अर्का तीव्र बलर हेमन्त धामी रहेका छन्, सम्भवतः नन्दनको स्थानमा हेमन्त नेपालको १५ सदस्यीय टोलीमा आउनेछन् । 

नेपालले सोमबार नामिबियासँग र बुधबार नेदरल्यान्ड्ससँग लिग २ को बाँकी दुई खेल खेल्नेछ । नामिबिया र नेदरल्यान्ड्ससँगको पहिलो दुई खेलमा नेपाल पराजित भएको थियो र नेपालले दुवै खेलमा पहिला ब्याटिङ गर्दै १ सय ५७ रन मात्र बनाउन सकेको थियो । 

कान्तिपुर

Link copied successfully