काभा च्याम्पियनसिप : नेपालको लगातार चौथो हार

यसअघि नेपाल कजाकस्तान, श्रीलंका र घरेलु टोली पाकिस्तानसँग पराजित भएको थियो ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

KAVA Championship: Nepal's Fourth Consecutive Defeat

काठमाडौँ — काभा भलिबल च्याम्पियनसिपमा नेपाल आइतबार लगातार चौथो खेलमा पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो । 

बंगलादेश  १८-२५, २५–१९,  २१–२५,  २५–२३  र १५–११ ले विजयी रह्यो । यसअघि नेपाल कजाकस्तान, श्रीलंका र घरेलु टोली पाकिस्तानसँग पराजित भएको थियो ।

कान्तिपुर

Link copied successfully