अभ्यास खेलमा गोमेज घाइते

खेलको दसौं मिनेटमा २९ वर्षीय गोमेज घाइते भएका थिए । यस जितमा लिभरपुलका लागि किरन मोरिसन, डोमिनिक सबोसलाई, फेडरिको चिएसा र लुइस कोमसले एक–एक गोल गरे ।

श्रावण १०, २०८३

रोयटर्स

Gomez injured in practice match

What you should know

नासभिल — प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा खेलेको पहिलो खेलमा लिभरपुलले आइतबार अर्को इंग्लिस प्रिमियर लिग क्लब सन्डरल्यान्डलाई ४–२ ले हराएको छ । तर यो जित लिभरपुलका लागि महँगो सावित भएको छ र डिफेन्डर जोए गोमेज खेलको सुरुमै चोट बोक्दै मैदान छाड्न बाध्य रहे । 

खेलको दसौं मिनेटमा २९ वर्षीय गोमेज घाइते भएका थिए । यस जितमा लिभरपुलका लागि किरन मोरिसन, डोमिनिक सबोसलाई, फेडरिको चिएसा र लुइस कोमसले एक–एक गोल गरे । खेलपछि इराओलाले भने, ‘आज पहिलो खेल खेलेका छौं, टिममा सच्याउनुपर्ने अझै धेरै छन् । खेलाडीले भर्खर प्रशिक्षण सुरु गरेका छन् । त्यसैले टिमको प्रदर्शनमा कमजोरी रहनेछ । तर विजयी सुरुआत जहिले पनि राम्रो हुन्छ ।’

उनले थपे, ‘तर एउटै खराब समाचार के रह्यो भने जोए घाइते भए । सुरुआती प्रशिक्षणमा कोही पनि घाइते भएनन् । तर अभाग्यशाली के रह्यो भने आजै जोएलाई चोटले गुमायौं ।’ अब स्पेनी प्रशिक्षकले अर्को सेन्टर ब्याक जेरेमी ज्याक्वेटलाई मैदानमा उतार्न सक्नेछन् । उनी अघिल्लो सिजन नै लिभरपुल आएका थिए तर चोटका कारण धेरै खेलेनन् ।

इराओलाले थपे, ‘काँधको चोटका कारण उनले नखेलेको धेरै भइसकेको छ । त्यसैले हामी उनलाई सहजता प्रदान गर्न चाहन्छौं । सम्भवतः उनले अमेरिका भ्रमणको अन्तिम खेल खेल्नेछन् । उनलाई हामीले सक्दो बढी समय दिने प्रयास पनि गर्नेछौं ।’ अब लिभरपुलले रेक्सह्याम, लिड्स युनाइटेड, एएस रोमा र कोमोविरुद्ध खेल्नेछन् । प्रिमियर लिगमा भने लिभरपुलले अगस्ट २३ को पहिलो खेलमा न्युकासल युनाइटेडको सामना गर्नेछ ।

टोटनहम विजयी

इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले आइतबारको मैत्रीपूर्ण खेलमा अकल्यान्डलाई २–० ले पराजित गरेको छ र नयाँ सिजनमा विजयी सुरुआत लिएको छ । टोटनहमका लागि डेन स्कारेट र रिचार्लिसनले एक–एक गोल गरे । प्रशिक्षक रोबर्टो डे जेब्रीले ए लिग च्याम्पियन अकल्यान्डविरुद्ध अधिकांश आफ्ना युवा खेलाडीलाई उतारेको थियो र उनले खासै जोखिम लिएर खेल्न चाहेनन् ।

रोयटर्स

Link copied successfully