विजेता टोलीले ३० हजार उपविजेताले १५ हजार तथा सेमिफाइनलिस्टले ५–५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरे ।
काठमाडौँ — नेपाल एपीएम टेबलटेनिस क्लबको आयोजनामा नेपाल एपीएम डबल्स टेबलटेनिस च्याम्पियनसिपमा इखाछें टेबलटेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु शाक्यको जोडीले उपाधि जितेको छ ।
फाइनलमा उनीहरूले स्पिन टेबलटेनिस क्लबका ज्याकी महर्जन र प्रज्ञा महर्जनको जोडीलाई ३–२ सेटले पराजित गरेका थिए । च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रमेश कार्की र धर्मराज थापा तथा भोर्टेक्स टेबलटेनिस क्लबका महेश श्रेष्ठ र रणोज ठाकुरको जोडी संयुक्त तेस्रो स्थानमा रहे ।
विजेता टोलीले ३० हजार उपविजेताले १५ हजार तथा सेमिफाइनलिस्टले ५–५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरे ।
विजेतालाई इन्टरटेनमेन्ट टेबलटेनिसका अध्यक्ष सुमन खड्गीले पुरस्कृत गरे ।
