विश्वकप सेमिफाइनल पुगेका फ्रान्स र इंग्ल्यान्ड यथावत् स्थानमा रहेका छन् ।
काठमाडौँ — विश्वकप २०२६ को विजेता स्पेन फिफाले मंगलबार जारी गरेको वरीयताको शीर्ष स्थानमा उक्लेको छ । यसअघि स्पेन दोस्रो स्थानमा थियो । स्पेनले फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि जितेको हो ।
स्पेन विश्व च्याम्पियनसँगै युरोपेली विजेता पनि रहेको छ । अर्जेन्टिना भने दोस्रो स्थानमा झरेको छ । विश्वकपको सेमिफाइनल पुगेका फ्रान्स र इंग्ल्यान्ड यथावत् स्थानमा रहेका छन् । फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छन् ।
सेमिफाइनलमा स्पेनले फ्रान्स तथा अर्जेन्टिनाले इंग्ल्यान्डलाई हराएको हो । त्यसपछि नयाँ वरीयताको शीर्ष १० मा ब्राजिल, मोरक्को, पोर्चुगल, नेदरल्यान्ड्स र मेक्सिको रहेका छन् । मेक्सिको चार स्थान उक्लेर शीर्ष १० मा पुगेको हो ।
