साफ च्याम्पियनसिप नोभेम्बरमा 

प्रतियोगिता नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशको ढाकामा हुने भएको छ ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

SAFF Championship in November

काठमाडौँ — दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप २०२६ को मिति तय गरेको छ । प्रतियोगिता नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशको ढाकामा हुने भएको छ ।

महासंघले प्रतियोगितामा कति टिम सहभागी हुनेछन् र कुन स्वरूपमा खेलाइनेछ, त्यो भने खुलाएको छैन । फिफाले नेपाललाई प्रतिबन्ध लगाएको हुनाले अन्योल रहेको हो ।

कान्तिपुर

Link copied successfully