पदक विजेता टेबलटेनिस खेलाडीलाई भ्रमण प्याकेज

सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक गएका छन् ।

श्रावण ४, २०८३

कान्तिपुर संवाददाता

Travel package for medal-winning table tennis players

काठमाडौँ — सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक गएका छन् ।

इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल र रनोज थकु तथा ४२ औं राष्ट्रिय टेबलटेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्यान्ड गएका हुन् ।

इटीटीले इटिटी टेबलटेनिसका स्वर्ण विजेता टोलीका सदस्य र ४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण र रजत विजेतालाई पाँचदिने बैंकक भ्रमणको ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार खेलाडीलाई ‘प्याकेज’ प्रदान गरिएको हो । ४२ औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संयोग कपाली भने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियाको सोलमा रहेकाले एलेक्स मात्र बैंकक गएका हुन् ।

खेलाडीलाई इटिटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौं संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जनलगायतले सोमबारै त्रिभुवन विमानस्थलमा बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully