फिफा विश्वकप २०२६ : फाइनलको रेफ्रीमा स्लोभेनियाका स्लाभ्को

लगातार दोस्रो फाइनल खेलिरहेको अर्जेन्टिनाले उपाधिको भिडन्तमा युरोपेली प्रतिद्वन्द्वी सामना गर्न लागेको हो ।

श्रावण १, २०८३

हिमेश

FIFA World Cup 2026: Slovenia's Slavko to referee final

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेनबीच आइतबार हुने विश्वकप २०२६ को फाइनलमा रेफ्रीको भूमिका स्लोभेनियाका ४६ वर्षीय स्लाभ्को भिनिसिचले निभाउने भएका छन् । उनले दुई वर्षअगाडि युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका थिए ।

फिफाले शुक्रबार स्लाभ्कोको रोजाईबारे जानकारी दिएको हो । लगातार दोस्रो फाइनल खेलिरहेको अर्जेन्टिनाले उपाधिको भिडन्तमा युरोपेली प्रतिद्वन्द्वी सामना गर्न लागेको हो । रेफ्रीका केही निर्णयलाई विवाद भइरहेको पृष्ठभूमिमा युरोपेली रेफ्रीको चयन गरिएको छ ।

केही टिमले अर्जेन्टिना र उसका कप्तान लियोनल मेसीलाई फाइदा हुने गरेर रेफ्रीले निर्णय गर्ने गरेको आरोप लागिरहेको छ । यसपल्टको विश्वकपमा स्लाभ्कोले तीन खेल खेलाइसकेका छन् र तयसमा सात पहेँलो तथा एक रातो कार्ड देखाएका छन् ।

हिमेश

Link copied successfully