प्रो स्क्वास खेल्न दुई खेलाडी ढाका जाने

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघका अध्यक्ष ध्रुव गुरुङले बुधबार बिदाइ गरे ।

असार ३१, २०८३

कान्तिपुर संवाददाता

Two players to go to Dhaka to play pro squash

काठमाडौँ — नेपालका दुई खेलाडी प्रोफेसनल स्क्वास प्रतियोगितामा प्रतिस्पर्धा गर्न बिहीबार बंगलादेशको ढाका जाने भएका छन् ।

१८–२१ जुलाईसम्म हुने प्रतियोगितामा सरोज तामाङ र पासाङ भ्लोनले प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघका अध्यक्ष ध्रुव गुरुङले बुधबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully