नेपाली राष्ट्रिय कुस्ती टोलीलाई नयाँ दिल्लीमा विशेष प्रशिक्षण

नयाँ दिल्ली जाने कुस्ती टिममा सुरेश चुनारा (७४ केजी), निखिल राज पटेल (८६ केजी), राज यादव (१२५ केजी), यादव किशोर राम (६५ केजी), सुशीला चन्द (६२ केजी) र शिवाङ्गी दुवे (७७ केजी) छन् ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

Nepali national wrestling team undergoes special training in New Delhi

काठमाडौं — आगामी असोजमा हुने जापानको आइच/नागोया एसियाली खेलकुदको तयारीका लागि नेपाली राष्ट्रिय कुस्ती टोलीले भारतको नयाँ दिल्लीमा विशेष प्रशिक्षण गर्ने भएको छ । टोलीले  नयाँ दिल्लीमा १७ जुलाईदेखि १५ सेप्टेम्बरसम्म प्रशिक्षण लिनेछ ।

नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले बिदाइ गरेका थिए ।

अध्यक्ष श्रेष्ठले एसियाडमा उल्लेखनीय प्रदर्शनका निम्ति प्रशिक्षण शिविर महत्वपूर्ण हुने भएकाले खेलाडी र प्रशिक्षकहरूलाई प्रशिक्षणमा केन्द्रीय हुन औंल्याए ।

नयाँ दिल्ली जाने कुस्ती टिममा सुरेश चुनारा (७४ केजी), निखिल राज पटेल (८६ केजी), राज यादव (१२५ केजी), यादव किशोर राम (६५ केजी), सुशीला चन्द (६२ केजी) र शिवाङ्गी दुवे (७७ केजी) छन् । टिमको प्रशिक्षकमा राजेन्द्र चन्द, व्यवस्थापकमा खगेन्द्रबहादुर बस्नेत र सहायक व्यवस्थापकमा मुम्ताज अली छन् ।

भारतमा रहँदा कुस्ती टोलीले उत्तर प्रदेशको नन्दनीनगरलगायतका एकेडेमीमा प्रशिक्षण गर्नेछ । एसियाली खेलकुद जापानको आइची–नागोयामा ३–१८ असोजसम्म हुनेछ । कुस्ती संघका अध्यक्ष प्रकाश कुसारीका अनुसार टोली भारतबाटै जापान जानेछ ।

कान्तिपुर

Link copied successfully