नोस्कोभा बनिन् विम्बल्डन च्याम्पियन

२१ वर्षीया लिन्डा नोस्कोभाले फाइनलमा आफ्नै देशकी खेलाडी क्यारोलाइन मुचोभालाई हराएकी हुन् ।

असार २८, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — चेक गणतन्त्रकी २१ वर्षीया लिन्डा नोस्कोभाले शनिबार विम्बल्डनको महिला एकलको उपाधि जितेकी छिन् । उनले अल इंग्ल्यान्ड क्लबमा भएको फाइनलमा आफ्नै देशकी खेलाडी क्यारोलाइन मुचोभालाई ६–२, ५–७ र ६–३ ले हराइन् ।

नोस्कोभाले ग्रान्ड स्लाम उपाधि जितेको यो पहिलो हो । उनले ग्रान्ड स्लाम फाइनल पुगेको पनि यही पहिलो पटक हो । उनी सन् २०१४ यता विम्बल्डनको फाइनल पुग्ने सबैभन्दा कान्छि खेलाडी हुन् ।

अर्कोतर्फ २९ वर्षीया मुचोभा भने लगातार दोस्रो पल्ट ग्रान्ड स्लाम फाइनलमा पराजित भएकी छिन् । यसअघि उनी सन् २०२३ को फ्रेन्च ओपन फाइनलमा पनि पराजित भएकी थिइन् ।

नोस्कोभाले पहिलो सेट सजिलै जितेयता दोस्रोमा पनि जितको नजिक पुगेकी थिइन् । तर पाँच म्याच प्वाइन्ट प्राप्त भए पनि त्यसको फाइदा लिन सकिनन् र खेल तेस्रो सेटमा गएको थियो ।

कान्तिपुर

Link copied successfully