भारत 'ए' काठमाडौैं आएर नेपालसँग क्रिकेट खेल्ने

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत 'ए'बीच ३ खेलको टी-२० श्रृंखला आयोजना हुने भएको छ ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

India 'A' to come to Kathmandu to play cricket against Nepal

काठमाडौं — भारत 'ए'ले नेपालको राष्ट्रिय टिमसँग क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघले शुक्रबार विज्ञप्ति जारी गर्दै भारत 'ए'को नेपाल भ्रमणको खेत तालिका समेत सार्वजनिक गरेको छ । 

स्कटल्याण्डको एडिनबरामा सम्पन्न आइसीसीको वार्षिक बैठक दौरान नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआइका सचिव देभजीत साइकियाबीच भएको छलफलपछि उपरोक्त भारत 'ए' नेपाल भ्रमण तालिका तय भएको क्यानले जनाएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत 'ए'बीच ३ खेलको टी-२० श्रृंखला आयोजना हुने भएको छ । 

उक्त श्रृंखला ९, ११ र १३ डिसेम्बरमा हुनेछ । India 'A' to come to Kathmandu to play cricket against Nepal

कान्तिपुर

Link copied successfully