चम्किएका कप्तान

रियलमा आलोचना खेपेका एमबाप्पे फ्रान्सको नेतृत्वमा विश्वकप फाइनल पुग्न प्रयासरत छन्, उनले ७ गोल गर्दै टिम स्पिरिट देखाइरहेका छन्।

असार २५, २०८३

एएफपी

Shining Captain

What you should know

फक्सबर्ग — केलियन एमबाप्पेमाथि लाग्ने गरेको एउटा ठूलै आरोप हो । उनी टिम खेलाडी होइनन्, व्यक्तिगत प्रदर्शनमा जोड दिएर खेल्छन् । अहिले फ्रान्स उनकै नेतृत्वमा खेलिरहेको छ र तेस्रोपल्ट विश्वकप जित्न सक्ने बलियो प्रत्याशी टिम बनेको छ । रियल म्याड्रिडका लागि यी २७ वर्षीय खेलाडीको पछिल्लो सिजन राम्रो रहेन, क्लबले समर्थक उनका आलोचक भएर निस्केका थिए । 

उनले रियलका लागि बिताएका पछिल्ला दुई सिजनमा ८६ गोल गरिसके, तर यो पनि रियललाई कुनै ठूलो उपाधि दिलाउन पर्याप्त रहेन । सन् २०२४ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी रियल गएका थिए । त्यहाँ छँदा उनी क्लब इतिहासकै सर्वाधिक गोलकर्ता बने, तर पीएसजीले युरोपेली च्याम्पियन्स लिग जित्ने सपना पूरा गर्न सकेन । 

संयोग नै मान्नुपर्छ, एमबाप्पेले के एकपल्ट पीएसजी छाडे, क्लबले लगातार दुईपल्ट च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । तर विश्वकपसँग भने उनको मीठो सम्बन्ध छ र सम्भवतः उनको अहिलेसम्मको खेल जीवनलाई आकार दिएको भनेकै यही विश्वकपले हो । 

अहिले अमेरिकामा चलिरहेको विश्वकपमा कोही एक खेलाडीले सबैलाई प्रभावित पारेको छ भने त्यसमा उनको नाम पनि आउने गर्छ । एमबाप्पेले अहिलेसम्म ७ गोल गरिरहेका छन् । बिहीबार फ्रान्सले मोरक्कोविरुद्ध क्वाटरफाइनलमा सामना गर्दा उनको उद्देश्य आफ्नो गोलसंख्या बढाउनु नै हुनेछ । सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा उनी उदीयमान खेलाडी थिए । त्यसको चार वर्षको विश्वकपमा उनले फाइनलमा ह्याट्रिक गरे, तर च्याम्पियन भने अर्जेन्टिना रह्यो । तिनै एमबाप्पे अहिले फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी भइसकेका छन् । 

अहिलेको विश्वकपमा अर्जेन्टिनी लियोनल मेसीलाई गोल्डेन बुट अवार्डमा सबैभन्दा बढी चुनौती दिनसक्नेमा एमबाप्पे पनि एक हुन् । एमबाप्पेले पछिल्लो पटक मिडियासँग भनेका छन्, ‘मलाई थाहा छ, सबैको ध्यान तथ्यांकमै छ । सबैले गोलकै मात्र कुरा गरिरहेका छन् तर अहिले मेरो ध्यान भने त्यसतर्फ छैन । म चाहन्छु, फ्रान्सले जुलाई १९ मा हुने फाइनल खेलोस् ।’

पछिल्लो समय पाराग्वेली राजनीतिज्ञ क्लेस्टे आमरिलाले लगाएको आरोपलाई लिएर पनि उनी चर्चामा रहे । यही प्रसंगमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसमेत एमबाप्पेको समर्थनमा ओर्लिए । एमबाप्पेलाई लिएर प्रशिक्षक डिडियर डेसच्याम्पले भनेका छन्, ‘एमबापे असाधारण खेलाडी हुन् । उनको बाहिरी छवि जुन बनेको छ, त्यसमा सत्यता छैन । उनले खेल्ने भनेकै टिमका लागि हो ।’

एएफपी

Link copied successfully