एनभीएलको टिकेटिङ पार्टनरमा आईएमई खल्ती

नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

IME Khalti becomes NVL's ticketing partner

काठमाडौँ — आयोजक केडिया ग्रुपले नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरमा आईएमई खल्तीलाई अनुबन्ध गरेको छ ।

नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एनभीएलका खेल हेर्न खल्ती एपमार्फत टिकट खरिद गर्न सकिने छ । प्रतियोगिता आयोजनास्थल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलको प्रवेशद्वारमा राखिने काउन्टरबाट पनि टिकट खरिद गर्न सकिने जनाइएको छ । टिकट दर चाँडै सार्वजनिक गर्ने सीओओ विकास खेतानले जनाएका छन् ।

नेपालमै पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग एनभीएलको पहिलो संस्करणमा सहभागी हुने ६ टोली, टिम मालिक, टिम लोगो र नारा आयोजकले सार्वजनिक गरिसकेको छ ।

नेपाल भलिबल संघको सहयोगमा हुने एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर

Link copied successfully