आश्चर्यजनक टिम रहेन मोरक्को

खेलपछि प्रशिक्षक क्वाहबीले भने-अब हामी कुनै पनि अवस्थानमा विश्व फुटबलको आश्चर्यजनक टिम रहेनौं । अब कुनै पनि विश्वस्तरीय प्रतियोगितामा हामी उपाधिको दाबेदार हौं र यो हाम्रा लागि गर्विलो उपलब्धि पनि हो ।

असार २२, २०८३

एपी

Morocco is no longer a surprising team.

What you should know

ह्युस्टन — मोरक्को विश्वकप २०२६ को क्वाटरफाइनल पुगेपछि टोलीका प्रशिक्षक मोहम्मद क्वाहबीले दाबी गरेका छन्, अब आफ्नो टिम पनि विश्व फुटबलको उच्च टिममध्ये एकमा परेको छ । 

आयोजक क्यानडामाथि अन्तिम १६ मा प्राप्त जितपछि मोरक्को विश्वकपमा एकभन्दा बढी अवसरमा क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी देश पनि भएको छ । खेलपछि प्रशिक्षक क्वाहबीले भने, ‘अब हामी कुनै पनि अवस्थानमा विश्व फुटबलको आश्चर्यजनक टिम रहेनौं । अब कुनै पनि विश्वस्तरीय प्रतियोगितामा हामी उपाधिको दाबेदार हौं र यो हाम्रा लागि गर्विलो उपलब्धि पनि हो । मेरो विचारमा यो सुरुआत मात्रै हो र यो क्रम अब आउने टिममा पनि जारी रहनेछ ।’

अहिलेसम्मको यात्राकै क्रममा मोरक्कोले नयाँ इतिहास रचिसकेको भए तापनि टिमको अझ ठूलो उद्देश्य रहेको छ । क्वाहबी थप्छन्, ‘हामी अझै अगाडि बढ्न चाहन्छौं, यत्तिकैमा रोकिने हाम्रो उद्देश्य होइन ।’ 

२०२२ को विश्वकपमा मोरक्को सेमिफाइनल पुगेको थियो र यसक्रममा यस्तो उपलब्धि चुम्ने पहिलो अफ्रिकी देश बनेको थियो । मोरक्कोका गोलरक्षक यासिन बोनोउ भन्छन्, ‘अफ्रिकाको प्रतिनिधित्व गर्दै खेलिरहेका छौं र यसमा पनि हामीलाई गर्व छ । अफ्रिकामा प्रतिभाको कुनै कमी छैन । त्यसैले पनि अफ्रिकी टिमले विश्वकप जस्ता ठूलो प्रतियोगितामा अहिलेभन्दा बढी सफलताको हक राख्छ ।’ 

गोलरहित बराबरीपछि मोरक्कोका लागि एजेडिन ओनाहीले दुई गोल गरे । सोफिन रहिमीले इन्ज्युरी समयमा तेस्रो गोल थपे । शनिबार हुने क्वाटरफाइनलमा मोरक्कोले फ्रान्सको सामना गर्नेछ । मोरक्को फिफा वरीयताको सातौं स्थानमा छ । यसले दोस्रो चरणमा नेदरल्यान्ड्सलाई पेनाल्टी शुटआउटमा हराएको थियो । समूह चरणमा पनि ब्राजिल सम्मिलित समूहमा मोरक्को अपराजित थियो ।

अहिलेको हारपछि विश्वकपमा सहआयोजक क्यानडाको ऐतिहासिक यात्रामा पूर्णविराम लागेको छ । क्यानडाले फुटबलको विश्वकप खेलेको यो तेस्रोपल्ट मात्र हो । क्यानडामा फुटबलभन्दा पनि आइस हक्की बढी लोकप्रिय छ । क्यानडाली प्रशिक्षक जेसे मार्सले आफ्नो टिमको यात्रामा गर्व रहेको बताए ।

उनले भने, ‘हाम्रा खेलाडीले जस्तो प्रदर्शन गरे, त्यसमा मलाई गर्व छ । म उनीहरूलाई के पनि भन्न चाहन्छु भने क्यानडा विश्वकप जस्तो प्रतियोगितामा जहिले पनि यत्तिको खेल्न सक्षम छ, त्यो पनि माथिल्लोस्तरको प्रतिद्वन्द्वीविरुद्ध ।’ 

उनले के पनि दाबी गरे भने हारका बाबजुद मैदानमा मोरक्कोभन्दा क्यानडाको प्रदर्शन नै उच्च थियो । उनले थपे, ‘हामीले यो खेल जसरी खेल्यौं, त्यो असाध्यै उच्चस्तरको रह्यो । मेरो विचारमा हामी ९८ मिनेटसम्म पनि राम्रो टिम रह्यौं । के उनीहरू हामीभन्दा राम्रा थिए त ? सायद यस्तो भन्न सकिन्न । कसैले पनि हामी यो खेल तीन गोलले पराजित रह्यौं भन्छ भने त्यसलाई विश्वास गर्न अलिकति गाह्रै हुन्छ ।’ तीन आयोजकमध्ये क्यानडा नै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ ।

एपी

Link copied successfully