अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा कांस्य जितेका हुन् ।
काठमाडौँ — नेपाली कराते खेलाडी सुमन तिमिल्सिनाले युएस ओपन आईएसकेए विश्व मार्सल आटर््स च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।
अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा कांस्य जितेका हुन् । मेक्सिकोले स्वर्ण र अमेरिकाले रजत जित्दा अर्को कांस्य जर्मनीले हात पार्यो । सुमनले सन् २०२३ मा भएको यसै प्रतियोगितामा भने स्वर्ण जितेका थिए ।
अमेरिका यात्राका लागि लनर्स इन्स्टिच्युट एन्ड कन्सलटेन्सीले सुमनलाई प्रायोजन गरेको थियो । लनर्सका प्रबन्धक सुदीप छत्कुली पनि सुमनसँगै अमेरिकामा छन् ।
